दशैं सुरुभएसँगै उपभोग्य बस्तुको भाउ बढेको छ । चाडपर्वमा फलफूलको व्यापारले विशेष महत्व राख्छ । माग धेरै भएपनि माग अनुसारको सामान आयात नभएको व्यापारीको भनाई छ ।
अन्य समयभन्दा दशैंमा फलफुलजन्य वस्तु बढी खपत हुने गर्दछ । चाडवाडको समयमा फलफुलको भाउ सधै आकाशिन्छ । दशैंमा मान्यजनको घरमा टीका थाप्न जाँदा, पुजाआज र खानपिनमा समेत फलफूलको अधिक प्रयोग हुन्छ ।
विगतमा पनि यो समय फलफुलको मुल्यमा बृद्धी हुने गदथ्र्यो । तर यो वर्ष भने दशैंको समयमा फलफूलको भाउ गत वर्षको तुलनामा सतप्रतिश बढेको छ । नेपाली बजारमा ९० प्रतिशत फलफूल भारत र चीनबाट आयात हुने गर्दछ । तर लामो समय देखि चिनिया नाका बन्द हुँदा चीनबाट माग बमोजिमको फलफुल नेपाली बजारमा भित्रिन सकेको छैन ।
विगतमा चीनको नाकाबाट १० दिनमा नेपाल भित्रिने फलफूल अहिले महिनौँ लाग्ने गरेको छ । बजारमा माग बमोजिमको सामान नहुँदा महङ्गो भएको र त्यसको मारमा उपभोक्ताहरु परेका छन् ।
FACEBOOK COMMENTS