काठमाडौं, असोज ५ । सरकारले संसदमा पेश गरेको प्रतिस्थापन विधेयक (बजेट) प्रतिनिधि सभाबाट पारित भएसंगै निजी क्षेत्र उत्साही भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार बजेटबारे आधिकारिक धारणा सार्वजनिक गर्दै केही दिनको अन्यौल पछि पारित बजेटले अव अर्थतन्त्रलाई अगाडि बढाउन सहयोग पुुरयाउने विश्वास व्यक्त गरेको छ ।
कोभिड–१९ महामारीबाट नागरिकको जीवन रक्षा गर्ने र शिथिल अर्थतन्त्रलाई पुनरुत्थान गरी उच्चदरको आर्थिक वृद्धि हासिल गरि विद्यमान वहुुआयामिक गरिवी न्यूनिकरण गर्ने मुुख्य उद्देश्य बजेटको छ ।
निजी क्षेत्रलाई आर्थिक विकासको सम्बाहकको रुपमा परिभाषित गर्दै अनुकुल व्यवसायिक वातावरण सिर्जना गरिने कुराले निजी क्षेत्र उत्साहित भएको महासंघले जनाएको छ । निजी क्षेत्रका अधिकांश माग सम्बोधन भएकोमा महासंघले सरकारलाई धन्यवाद दिएको छ ।
करको दर भन्दा दायरा बढाउने प्रतिस्थापन बजेटको प्राथमिकतालाई महासंघले स्वागत गरेको छ ।
FACEBOOK COMMENTS