काठमाडौँ । आसत्र प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा सञ्चारकर्मीहरूको भूमिका महत्त्वपूर्ण रहने उम्मेदवारहरूले बताएका छन्। प्रेस चौतारी नेपाल मोरङ शाखाद्वारा मंगलबार आयोजित उम्मेदवार साक्षात्कार कार्यक्रममा उनीहरूले यस्तो धारणा राखेका हुन् ।
निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित, स्वतन्त्र एवं भयरहित वातावरणमा सम्पन गर्न सञ्चारकर्मीहरूको भूमिका अझ फराकिलो हुने र सञ्चारकर्मीहरूले आफ्ना सेवाको माध्यमबाट आचारसंहिता पालना गराउन पनि मद्दत हुने उनीहरूको भनाइ छ ।
साक्षात्कार कार्यक्रममा मोरङ निर्वाचन क्षेत्र नं ४ का नेकपा (एमाले)को तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विनोद ढकालले यो निर्वाचन आवधिक निर्वाचन भएकाले यसले विशेष महत्त्व राख्ने बताए । प्रणालीलाई संस्थागत विकास गर्न सञ्चारमाध्यमले सत्य र तथ्यमा आधारित भएर समाचार प्रवाह गर्नुपर्ने उनले बताए ।
नेकपा (एमाले)का तर्फबाट निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार लालबाबु पण्डितले यो निर्वाचनमा राजनीतिक दलसँगै सञ्चारकर्मीहरूको पनि सक्रियता बढ्ने धारणा राखे । उनले आसत्र निर्वाचन राजनीतिक दलका मात्र नभएर सञ्चारमाध्यमका लागि पनि भएकाले जनतामा रहेका भ्रमहरूलाई हटाउन सञ्चारकर्मीहरूको योगदान हुनुपर्छ भने । समाजका नकारात्मक टिप्पणीहरूलाई सकारात्मक रूपमा प्रस्तुत गर्न सञ्चारकर्मीहरूको भूमिका हुनुपर्ने उनको भनाइ थियो ।
FACEBOOK COMMENTS