काठमाडौँ । फाइजर खोपको दोस्रो मात्रा लगाउन छुटेका बालबालिकालाई उपत्यकामा आज (बुधबार) उक्त खोप लगाइने भएको छ ।
स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख शम्भु काफ्लेका अनुसार बालबालिकाले पहिलो मात्रा लगाएका तर दोस्रो मात्रा लगाउन बाँकी रहेकोले फाइजर खोपको दोस्रो मात्रा लगाउन लागिएको हो । उक्त खोप आज छाउनीस्थित नेपाली सेनाको अस्पतालमा लगाइने छ ।
अब भने शिक्षण अस्पताल महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल र निजामती अस्पतालमा सधैँभरि खोप लगाइने व्यवस्था गरिएको छ । यसअघि कुनै एक केन्द्रमा एक किसिमको खोप पाउने गरेकोमा अब सबै केन्द्रमा दुवै खोप लगाउन पाइने भएको छ ।
मोडर्ना खोप लगाएका ५७ जिल्लाबाहेकका बालबालिकालाई फाइजर खोप लगाइने भएको छ । सरकारले १२ देखि १८ वर्षसम्मका बालबालिकालाई फाइजर खोप लगाउन लागेको हो ।
FACEBOOK COMMENTS