काठमाडौं । सम्भव भएसम्मका सबै सरकारी सेवा एउटै एपबाट उपलब्ध गराउने उद्देश्यका साथ शुरु भएको नागरिक एपको सुविधा अब वेबसाइटमा समेत उपलब्ध भएको छ । यसअघि आईओएस र एन्ड्रोइडमा मात्र रहेको यो एप अब नागरिक एपको वेबसाइटमा समेत आएको हो ।
यद्यपि औपचारिक रुपमा वेबसाइटको सेवा सार्वजनिक भएको घोषणा भने भएको छैन । यसका लागि प्रयोगकर्ताले नागरिक एपको वेबसाइटमा गएर माथि दायाँतर्फ रहेको मा क्लिक गर्नुपर्ने हुन्छ ।त्यसपछि त्यहाँ रहेको सिटिजन लगईनमा गएर आफ्नो मोबाइल नम्बर र पासवर्ड राख्नुपर्ने हुन्छ । प्रयोगकर्ताले नागरिक एपको वेबसाइटमा गएर माथि दायाँतर्फ रहेको वेब एपमा क्लिक गर्नुपर्ने हुन्छ ।
त्यसपछि त्यहाँ रहेको सिटिजन लगईनमा गएर आफ्नो मोबाइल नम्बर र पासवर्ड राख्नुपर्ने हुन्छ । वेब एप खुलिसकेपछि मोबाइल एपमा उपलब्ध सबै सुविधाहरू त्यहाँ देख्न सकिन्छ ।नागरिकता, राहदानी, मतदाता परिचयपत्र, स्थायी लेखा नम्बर (प्यान) जस्ता व्यक्तिगत विवरण राखेर नागरिक एपमा भेरिफाई गराइसकेपछि प्रयोगकर्ताले एपमा उपलब्ध सेवाहरू लिन सक्छन् । हाल नागरिक एपको वेब भर्सनमा पुलिस क्लियरेन्स रिपोर्ट लिने, प्यान प्राप्त गर्ने सुविधाका साथै कर्मचारी संचय कोष, सामाजिक सुरक्षा कोष तथा कर्मचारी कोष नागरिक लगानी कोषमा रहेको आफ्नो बचत रकम र कारोबार विवरण हेर्न सकिन्छ ।
यति मात्र होइन, एसएलसी, प्लसटुको शैक्षिक प्रमाणपत्रका आवद्ध गराउनुका साथै जनगुनासो समेत टिपाउन सकिन सुविधा समेत वेब एपमा उपलब्ध ।
FACEBOOK COMMENTS