काठमाडौं । सभामुख अग्नि सापकोटाले आफ्नो स्वकीय सचिवालयबाट वाइसिएल नेता नबराज ऐरलाई हटाएका छन् ।
महेन्द्रनगरको नगर विकास समिति जग्गा प्रकरणमा अख्तियारले छानबीन थालेको र त्यसमा ऐरको नाम जोडिएपछि निकालिएको हो । सयौं घडेरि अनियमित तरिकाले वितरण तथा बेचबिन भएको भन्दै अख्तियारले छानबीन सुरु गरेको थियो । त्यसमा नेता ऐरको पनि नामरहेको साथै स्वकिय सचिवालयको नाम बेचेर पार्टीभित्र धम्कयाउँदै हिंडने, विभिन्न कार्यालय, प्रहरिलगायतमा बार्गेनिङ गर्ने जस्ता गुनासा आएपछि ऐरलाई हटाएको सभामुख सचिवालय श्रोतले जनाएको छ ।
ऐरलाई अर्थमन्त्री जनार्दन शर्मा आग्रहमा सचिवालयमा राखिएको थियो । केही महिना पहिला गृहजिल्ला कञ्चनपुरमा ऐरले सँगै मदिरा सेवन गर्न बसेका सुदूरपश्चिम विश्वविद्यालयका उप प्राद्यापक भुपेन्द्र विष्टमाथि हात हालेका थिए । हातपातकै क्रममा ऐरले विष्टको एउटा औंला दाँतले चपाएर छिनालेको फोटो भाइरल बनेको थियो । पछि माओवादीका नेताहरुले उक्त घटना सामसुम पारेका थिए । सभामुखले त्यतिखेर नै हटाउन खोजेपनि ऐरले अनुनय विनय गरेपछि सुध्रिने शर्तमा उनलाई निकालिएको थिएन । त्यसपछि पनि ऐरका अराजक गतिविधि नरोकिएपछि सभामुखले उनलाई हटाएको हो ।
श्रोतका अनुसार, वाइसिएल सम्मेलनको बेला चन्दा उठाउँदै हिंडेको र संगठनका नाममा चन्दा उठाएर व्यक्तिगत खातामा जम्मा गरेको भन्दै वाइसिएल कै स्थानिय नेताहरुले सभामुखकोमा लिखित उजुरि दिएका थिए । ऐरले भने आफुले त्यसरि चन्दा नउठाएको बताउँदै आएका छन् । योसँगै नगरविकास समितिको घडेरि प्रकरणमासमेत ऐरको भूमिकालाई लिएर सभामुखकहाँ गुनासो पुगेको थियो ।
ूउनले के गरे गरेनन्, त्यो छानबीन गरि हिंडने कुरा भएन तर विवादित मान्छेलाई सचिवालयमा राख्दा सभामुखकै बदनामी हुनसक्ने भएकोले उनलाई जिम्मेवारिबाट मुक्त गरिएको हो ।ू सचिवालय श्रोतले भन्यो, ूअहिले पनि सामाजिक सञ्जालमा सचिवालयमा रहेको भनेर लेखेको देख्दा अचम्म लाग्छ । तर उनी हामीसँग छैनन् ।ू जनार्दन शर्माका भाइ अनिल शर्मा विद्यार्थी संगठनको अध्यक्षमा उठेपछि ऐरले उनलाइ दरो साथ दिएका थिए । त्यो हिसाबले उनी अहिले पनि जनार्दन निकट रहेका छन् । हाल वाइसिएलको केन्द्रीय सदस्य ऐरलाई वाइसिएल स्थायी समितिमा राख्न शर्माले सुमन देवकोटालाई निकै दबाब दिएको चर्चा समेत वाईसिएलभित्र छ ।
FACEBOOK COMMENTS