काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको अन्तिम कारोबारको दिन आज बिहिबार ४९ अंकले घटेको छ । बुधबारबाट सामान्य अंकले सुधार आएको शेयर बजारमा आज फेरी गिरावट आएको हो । आज नेप्से १.८६ प्रतिशतले घटेर दुई हजार ५ सय ८४ दशमलब ६१ विन्दुमा पुगेको हो । आज ३ अर्ब ४१ करोड ३५ लाख बराबरको ७९ लाख कित्ता शेयर कारोबार भएको छ ।
नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा सामलिङ पावर कम्पनी र न्यादि हाइड्रोपावर रहेको छ । त्यसैगरी मानुषी लघुवित्त वित्तीय संस्था, नबिल ब्यालेन्स फण्ड, सबैको लघुवित्त वित्तीय संस्था आदि कम्पनीको शेयरमूल्य बढेको हो । सामलिङ पावर कम्पनीको शेयरमुल्य सर्किट लेभेलमा बढेर प्रतिकित्ता ५०७.५० रुपैयाँ पुगेको छ भने न्यादि हाइड्रोपावरको शेयरमूल्य ९।९९ प्रतिशतले बढेर प्रतिकित्ता ४१३.१० रुपैयाँ पुगेको छ ।
त्यस्तै, आज कर्पोरेट विकास बैंकको शेयरमूल्यमा उच्च गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य करिब ६ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । यस बैंकको आज १२ करोड ४३ लाख भन्दा बढीको कारोबार भएको छ ।
FACEBOOK COMMENTS