काठमाडौँ, भदौ १७ । केहि दिन यता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा निरन्तर ‘पहिरो’ गइरहेको छ । हिजो नेप्सेमा झिनो अंकको सुधार भए पनि आज फेरि उच्च अंकको गिरावट आएको हो । आज नेप्से ५०.२८ अंकले घटेर दुई हजार ९ सय २६ दशमलब ७४ विन्दुमा थामिएको छ ।
त्यस्तै, आज ९ अर्ब ५० करोड ५९ लाख बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा ९ अर्ब ३५ करोड १७ लाख बराबरको कारोबार भएको थियो । नेप्सेका अनुसार आज कारोबार भएका दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा सानिमा लाईफ इन्स्योरेन्स कम्पनी र मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था रहेको छ । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेको छ ।
त्यस्तै, आज नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र अरुण काबेली पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज करिब ७ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपार डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज ५७ करोड भन्दा बढीको कारोबार भएको छ ।
FACEBOOK COMMENTS