असोज ६, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार उच्च अंकले बढेको छ । आज नेप्से १०४.८८ अंकले बढेर दुई हजार ८ सय १६ दशमलब ९५ विन्दुमा थामिएको हो ।
त्यस्तै, आज नेप्सेमा उच्च अंकको बृद्धि आएपनि कारोबार रकम भने बढ्न सकेन । आज ६ अर्ब १७ करोड ९३ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका सबै समूहमा हरियाली छाएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका २५ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । त्यस्तै, १८४ वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् ।
कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपार डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज २३ करोड भन्दा बढीको कारोबार भएको छ ।
FACEBOOK COMMENTS