काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकको बृद्धि भएको छ । आज नेप्से ४१.८४ अंकले बढेर दुई हजार ६ सय १२ दशमलब ६४ विन्दुमा थामिएको छ ।
त्यस्तै, आज नेप्से बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । आज २ अर्ब ९९ करोड ६८ लाख बराबरको कारोबार भएको छ । सोमबार ३ अर्ब ६२ करोड ७७ लाख बराबरको कारोबार भएको थियो ।
FACEBOOK COMMENTS