काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकको बृद्धि भएको छ । नेप्से आज १३.०४ अंकले बढेर दुई हजार ७ सय ८२ दशमलब १६ विन्दुमा पुगेको छ । बुधबार नेप्से १८.०६ अंकले बढेर दुई हजार ७ सय ६९ दशमलब १३ विन्दुमा पुगेको थियो ।
त्यस्तै, आज कारोबार रकम भने घटेको छ । आज नेप्सेमा ५ अर्ब ३९ करोड ५२ लाख बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा ६ अर्ब ६१ करोड २६ लाख बराबरको कारोबार भएको थियो । आज कारोबार भएका ६ वटा समूह बाहेक अन्य सबै समूह बढेका छन् ।
FACEBOOK COMMENTS