डोल्पा । हिउँको कथा मात्र होइन, वास्तविक जिन्दगीको खास मर्मसहितको भाव पनि हो ।
दुर्इ दिन गएर आहा गर्नेहरुमा भन्दा जिन्दगी भर पीडा भोग्नेको खास कथा फरक छ । चिसो मौसम, सीमित स्रोतसाधन अनि राज्यबाट उपेक्षामा परेको बस्ती अनि त्यहाँका सर्वसाधारणको वास्तविक जिन्दगी आफू बाच्नका लागि मात्र होइन, सीमा रेखामा बस्दा विनाबर्दीको सीमाको सुरक्षा अर्को चुनौती पनि हो ।
माटोको माया गर्नु र सीमानामा रही सीमा रक्षक हुनुमा फरक कुरा छ । खास जिन्दगीका अनगन्ती कथाहरु जहाँ राज्यले सुन्दैन । स्रोतमाथिको पहुँच समेत फलामको चिउरा झैँ हुँदै आएको छ ।
बजेट भाषणमा भएको आवाज रुपी कथाले यहाँको मन थामिदैन । भुगोल, मन र पीडा सम्बोधन गर्न त हृदयदेखि आत्मसाथ गर्नुपर्छ । देशका नागरिकलाइ नागरिकको अधिकार पूर्णरुपमा राज्यले प्रत्याभूति गर्नुपर्छ उपल्लो डोल्पा अनि यहाँको पीडा ।
तीन पालिकामा हिमपातकै कारण कोभिड–१९ को खोप लगाएत अन्य नियमित लगाइने खोप ५ महिनाका लागि बन्द गरिएको छ ।
FACEBOOK COMMENTS