कात्तिक ८ काठमाडौं । राष्ट्रियसभाका २० जना सांसदहरुको पदावधि यहिँ फाल्गुन २० गते सकिदैछ ।
राष्ट्रियसभाका प्रत्येक एक तिहाइ सदस्यको कार्यकाल दुई वर्षमा सकिने प्रावधान अनुसार २० जना सांसदको कार्यकाल सकिन लागेको र नयाँ निर्वाचनका लागि राष्ट्रियसभाले निर्वाचन आयोगको ध्यानाकर्षण गराइ सकेको छ।
कार्यकाल सकिनुभन्दा कम्तिमा ३५ दिन अगावै चुनाव गर्नुपर्ने कानुनी व्यवस्था छ। आयोगले सोमबार सरकारलाई माघ पहिलो साता नै राष्ट्रियसभाको चुनाव गर्न सुझाव दिएको छ।
अबको तीन महिनाभित्र रिक्त हुने पदमा चुनावका लागि निर्वाचन आयोग लागिसकेको छ ।
रिक्त पदमा एमालेका ८, माओवादीका ४, नेकपा एसका ४, काँग्रेसका ३ र मनोनित १ छन् ।
सांसदहरु
कांग्रेस:
राधेश्याम अधिकारी
दीर्घनारायण पाण्डे
तारादेवी भट्ट
मनोनीत
रामनारायण बिडारी

एमालेः
परशुराम मेघी गुरुङ
कोमल वली
सुमनराज प्याकुरेल
कविता बोगटी
चक्र स्नेही
नैनकला ओझा
रामलखन चमार
अगम वान्तवा राई

माओवादी केन्द्रः
दीनानाथ शर्मा
शशिकला दाहाल
जीवन बुढा
खिमकुमार विक

एकीकृत समाजवादीः
ठगेन्द्रप्रसाद पुरी
शेरबहादुर कुँवर
उदया शर्मा पौडेल
शान्तिकुमारी अधिकारी