काठमाडौं । नेकपा माओवादी केन्द्रसहित९ दलको एकतापछि बन्ने पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी रहने भएको छ ।
माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रज्ञा भवन कमलादीमा जारी राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै नयाँ बन्ने पार्टीको बारेमा जानकारी गराएका हुन् ।
प्रचण्डले चुनाव चिन्ह भने पाँचकुने तारा रहने सहमति भइसकेको बताउदै पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी रहने बताएका हुन् । आजको बैठकले एकताको निर्णय अनुमोदन गरेर सकिदै छ भने बुधबार
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पाटी, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादीबीचमा पार्टी एकताको घोषणा हुदैछ ।
FACEBOOK COMMENTS