काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४ मंसिरको निर्वाचन संविधान जोगाउने र संविधान च्यात्ने गठबन्धनबिचको जनमत संग्रह भएको बताएका छन् ।
वाम लोकतान्त्रिक गठबन्धनले बुधवार खोटाङको दिक्तेलमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संविधान, लोकतन्त्र र संघीयताको रक्षा गर्ने तथा संविधान च्यात्न चाहने, उल्ट्याउन चाहने र राजतन्त्रतिर फर्काउन चाहने प्रवृत्ति बिचको जनमत संग्रहको रूपमा निर्वाचन हुन लागेको जिकिर गरेका हुन् । अध्यक्ष दाहालले विकास र समृद्धिको आकांक्षाप्रति प्रतिवद्ध हुँदै प्रतिगमनलाई सदाका लागि हराउनुपर्ने कार्यभार गठबन्धनको काँधमा रहेको उल्लेख गरे ।
सोही चुनावी सभालाई सम्बोधन गर्दै काँग्रेसका सह–महामन्त्री एवं प्रवक्ता डा. प्रकासशरण महतले नेकपा एमालेका अध्यक्ष केपी ओलीले ‘कुरा गर्ने तर काम नगर्ने’ आरोप लगाएका छन् । डा. महतले ओलीले समावेशी संविधानलाई भत्काउन चाहेको दाबी गरे । उनले देशमा काम गर्ने नेतृत्वको आवश्यकता रहेको औँल्याएका छन् ।
FACEBOOK COMMENTS