काठमाडौँ । पछिल्लो केही समयदेखि काठमाडौँ लगायत आसपासका क्षेत्रमा अधिकतम तापक्रम औषतभन्दा कम देखिएको छ । जाडो सुरु हुँदैगर्दा तापक्रम घट्नु स्वभाविक नै हो तर जल तथा मौसम विज्ञान विभागको अभिलेखानुसार पछिल्लो केही हप्ता ३० वर्षको औषत तापक्रमभन्दा कम भएको देखिएको छ । एक्कासि चिसो बढ्दा स्वास्थ्यमा असर पर्छ नै त्यसैले सावधानी अपनाउनु पर्ने हुन्छ ।
त्यसो त, तापक्रम घट्दै जाँदा मानिसले आगो बालेर ताप्ने, घरमा आगो बालेर छाड्ने लगायतका क्रियाकलाप गर्ने भएकाले आगलागीको सम्भावना बढ्ने हुन्छ । आगलागी तथा डढेलोका घटनाहरुमा महोत्तरीमा आगो ताप्दा शरीरमा आगो लागेर घाइते भएकी एक महिलाको बिहीबार मृत्यु भएको समाचार ताजै रहेकोछ । त्यसैले पनि यस्ता जोखिमको हुन नदिन सचेत हुनुपर्ने हुन्छ ।
शुक्रबार काठमाडौँ उपत्यकालगायत विभिन्न मौसम सफा देखिएको छैन । चिसो र धुम्म भई घाम लागेको छैन । ठुलै पानी नपरेता पनि उच्च पहाडी भूभाग तथा हिमाली भूभागमा हल्का हिमपात हुनसक्ने अनुमान गर्न सकिन्छ । तर यो क्रम भोलिसम्म रहने र आइतबारबाट सुधार हुने मौसमविद्ले जानकारी दिएका छन् ।
“बिहीबारसम्मको विवरण हेर्दा काठमाडौँ, दोलखा, डडेलधुरा, दिपायल, धनगढी, सुर्खेत, नेपालगञ्ज, दाङलगायत धेरै जिल्लामा औषतभन्दा कम तापक्रम मापन गरिएको छ”, , “पोखरा, जामेसोमलगायत केही जिल्लामा तापक्रम औषतभन्दा केही बढी छ ।” दुई दिन नोभेम्बर १७ ९बुधबार० काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम ९३० वर्षको औषत तापक्रम २३।२ डिग्री० हो । यसपालिको अधिकतम तापक्रम घटेर २२ डिग्रीमा झरेको छ । अघिल्लो वर्ष सोही दिन २२ दशमलव ६ डिग्री देखिएको छ ।
त्यसको अघिल्लो दिन नोभेम्बर १६ ९मङ्गलबार० औषत अधिकतम तापक्रम २२ दशमलव ९ हो । त्यसदिन तापक्रम २१ दशमलव ८ डिग्रीमा झरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हिजो बिहीबार औषत तापक्रम २३ दशमलव ६ हो तर तापक्रम घटेर २२ दशमलव ५ मा आएको थियो । विभागका अनुसार अक्टोबर २६ ९कात्तिक ९० पछि भने क्रमशः अधिकतम तापक्रम औषतभन्दा कम देखिँदै आएको छ । उक्त दिन औषत अधिकतम तापक्रम २५ दशमलव ९ थियो । गत वर्ष औषतभन्दा बढी २७ दशमलव २ भएकोमा यसपालि अधिकतम तापक्रम घटेर २५ दशमलव ५ मा झ¥यो । काठमाडौँमा नोभेम्बर ५ मा सरदरभन्दा दुई डिग्री कम तापक्रम मापन गरिएको थियो ।
प्राप्त विवरणअनुसार उक्त दिन औषत अधिकतम तापक्रम २५ दशमलव २ हुनुपर्नेमा घटेर २२ दशमलव ९ मा झरेको थियो । जबकी अघिल्लो वर्ष सोही दिन २५ डिग्री तापक्रम थियो । मौसमविद्का अनुसार डिसेम्बर, जनवरी, फेब्रुअरीको तापक्रम हेर्दा यसपालिको हिउँदको समयमा सरदरभन्दा तापक्रम बढी र सुक्खा हुने सम्भावना अधिक छ । यद्यपि अबको जाडोमा तापक्रमको अवस्था कस्तो हुनसक्छ भनेर विभागले अर्को हप्ता आँकलन सार्वजनिक गर्दैछ । त्यसको आवश्यक तयारी भइरहेको जनाइएको छ । सागरमा बनेको निम्न चापीय क्षेत्रका कारण नेपालमा पनि मौसम बदली रहेको छ ।
FACEBOOK COMMENTS