भारत । भारतीय अटोमोबाइल कम्पनीले आयोजना गरेको ‘द अटो एक्स्पो मोटर शो २०२३’ बुधबारबाट सुरु भएको छ ।
आठ दिनसम्म सञ्चालन हुने एक्स्पोमा विभिन्न कम्पनीहरूले विद्युतीय कार र स्पोर्ट युटिलिटी भेइकल (एसयूभी)को नयाँ मोडल र कन्सेप्ट मोडलहरूलाई प्राथमिकता दिइएको छ । योसँगै मेलामा विद्युतीय दुई पाङ्ग्रे सवारी साधन र तिनका कम्पोनेन्टहरू पनि राखिएको छ ।
ग्रेटर नोएडाको इन्डिया एक्सपो मार्टमा आयोजना गरिएको प्रदर्शनीको पहिलो र दोस्रो दिन अर्थात बुधवार र बिहीवार मिडियाहरुका लागि मात्र खुल्ला गरिएको छ । किनबेचका लागि भने तेस्रो दिन अर्थात जनवरी १३ देखि मात्र खुल्ला हुनेछ । एक्स्पो जनवरी १८ तारिखसम्म जारी रहनेछ ।
अटो एक्स्पो ‘द मोटर शो-२०२३’ मा ४८ सवारी साधनका निर्मातासहित ११४ उद्योगको सहभागिता रहेको छ । एक्स्पोमा ५ ग्लोबल प्रिमियरसहित ७५ भन्दा बढी सवारीसाधनहरु लन्च हुनेछ ।
तस्बीरहरु
तस्बीर : संगिता खत्री
FACEBOOK COMMENTS