विश्व बजारमा कच्चा तेलको मूल्यमा भइरहेको अस्वाभाविक वृद्धिले विश्वभर नै पेट्रोलियम पदार्थको मूल्य आकाशिएको छ ।
नेपालमा पेट्रोलियम पदार्थको कारोबार गर्दै आएको नेपाल आयल निगमको अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा लगातार वृद्धि भएसँगै कारोबारमा एकाधिकार पाएको निगमको घाटा चुलिएको हो।
गत असोज ३० गते आइओसीबाट प्राप्त खरिद मूल्यअनुसार निगमको पाक्षिक घाटा २ अर्ब २२ करोड नाघ्ने प्रक्षेपण गरिएको छ ।
यसरी निगम चर्को घाटामा गइरहँदा पेट्रोलियम आपूर्तिमा व्यावधान खडा हुनसक्ने आशंका समेत गरिएको छ।
भारतीय बजार रक्सौलको तुलनामा नेपालतर्फ पेट्रोलमा प्रतिलितर ४८ रुपैयाँ ८२ पैसा, डिजलमा ५२ रुपैयाँ ७३ पैसा, अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिलिटर ०.०६ अमेरिकी डलर र एलपी ग्यासमा प्रतिसिलिण्डर १७५ रुपैयाँ ६५ पैसा सस्तोे छ ।
भारतीय सीमा क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १७७ रुपैयाँ ३२ पैसा, डिजेलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ २३ पैसा र एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार ६०५ रुपैयाँ ६५ पैसा छ । सीमावर्ती क्षेत्र वीरगञ्जमा पेट्रोलको खुद्रामूल्य प्रतिलिटर १२८ रुपैयाँ ५० पैसा, डिजेलको मूल्य १११ रुपैयाँ ५० पैसा र एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ४३० छ ।
भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो रहेको छ । नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो हुँदा सीमावर्ती क्षेत्रबाट अवैधरुपमा भारततर्फ इन्धनकोे चोरी निकासी हुने सम्भावना बढेर गएको छ ।
FACEBOOK COMMENTS