काठमाडौँ । आम चुनावपछि बसेको सत्ता गठबन्धनको पहिलो बैठकले जनताका गुनासा सम्बोधन हुने गरी सरकार बनाउने कुरा भएको छ । नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपालले यस्तो बताएका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक दुवै एजेन्डामा निष्कर्षविहीन रह्यो ।
बैठकबाट निस्कँदै नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आज पहिलो बैठक भएकाले चुनावको समग्र समीक्षा सम्भव नभएको बताए । उनले आगामी सरकार र समग्र सहमतिबारे कुनै निष्कर्ष ननिक्लेको भन्दै आगामी बैठकमा छलफल हुने बताए । तर उनले आगामी बैठक कहिले बस्छ भन्नेबारे केही बताएनन् ।
अध्यक्ष नेपालले भने, ‘चुनावका बारेमा थुप्रै कुराहरु उठेका छन् । समग्र समीक्षा अहिले नै सम्भव छैन । पछि गरौंला भन्ने भएको छ । अहिलेलाई कुरा यत्ति हो, गठबन्धन कायम राखेर अघि बढ्ने । सरकारका बारेमा जनतामा जुन गुनासाहरु सुनिएका छन्, तिनको समेत सम्बोधन हुनेगरी निर्णय गर्ने ।’
FACEBOOK COMMENTS