 
			                  			              
काठमाडौं । काठमाडौँ उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको छ ।
काठमाडौं लगातारको वर्षापछि आएको बाढी र पहिरोले देशका विभिन्न सडक अवरुद्ध बनेका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार शुक्रबार बिहान १० बजेसम्म देशका १३ राजमार्ग पूर्ण रुपमा अवरुद्ध रहेका छन् ।
अवरुद्ध राजमार्ग:
१– संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुणखोलामा कोशी राजमार्ग पूर्ण रुपमा अवरुद्ध ।
२– इलाम जिल्ला भित्रको मेची राजमार्गमा रातको समय (रति ७ बजेदेखि बिहान ६ बजेसम्म) मा सवारी साधन संचालनमा पूर्ण रुपमा रोक लगाइएको छ ।
३– पाँचथरको तुम्वेवा गाउँपालिका–२ र धनकुटाको चौबिसे गाउँपालिका–४ सिमानाको तामोर कोरिडोर सडकखण्ड पूर्ण रुपमा अवरुद्ध ।
४– ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ६ र ७ को सिमानाको सिद्धिचरण लोकमार्ग पूर्ण रुपमा अवरुद्ध ।

५– काभ्रेपलाञ्चोकको कोस्किसकुना विरुवाडाडा, नमोबुद्ध नगरपालिका चौकीडाडा, रोशी गाउँपालिका ७, ९. ११ र नार्केसहित विभिन्न स्थानको विपी राजमार्ग अवरुद्ध भएको छ ।

६– रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, तातोपानी बलुवाखानी, घट्टेखोला र फ्याङलुङसहितका नेपाल र चीन जोड्ने नाका, पासाङल्हामु सडक पूर्ण रुपमा अवरुद्ध ।

७ -सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ अकरेभिर, मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध ।

८– रामेछापको मध्यपहाडी लोकमार्ग (खाँडादेवी गाउँपालिका–१ खैरेनी घाट) पूर्णरुपमा अवरुद्ध ।

९– मुस्ताङकोजोमसोम कोरोला सडक खण्ड पूर्ण रुपमा अवरुद्ध ।
१०– म्याग्दीको बेनीदरवाङ सडक खण्ड पूर्ण रुपमा अवरुद्ध ।
११– अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ माथिल्लो रिब्दी, सडक एकतर्फी भएको छ ।
१२– डोल्पाको भेरी कोरिडोर पूर्ण रुपमा अवरुद्ध ।
FACEBOOK COMMENTS