काठमाडौं । काठमाडौ महानगरपालिका–५ नक्साल स्थित भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरबाट रक्सी, चुरोट, काजु चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोलखाको जिल्ला बैतेश्वर गाउँपालिका–३ घर भई हाल भक्तपुर ठिमी बस्ने ३७ वर्षीय विमल श्रेष्ठ रहेका छन् ।
श्रेष्ठले वैशाख २० गते भाटभटेनीको ग्रोसरी डिपार्टबाट २ लाख १७ हजार ९६६ रुपैयाँको सामान चोरेको प्रहरीले जनाएको छ । उक्त चोरीमा संलग्न श्रेष्ठलाई प्रहरीले २१ गते भक्तपुरको ठिमीबाट पक्राउ गरेको छ ।
श्रेष्ठले ब्लु लेवल १ थान (३०,२६४), ग्लेण्डफिडिच १ थान (१६,१९६), ओल्ड दरबार १ थान (४,७५५), सूर्य चुरोट ३० थान (१०,२००), आलमण्ड १५ केजी (२८,७२५), काजु ९०० ग्राम १० थान (२०,२३०) स्याफ्रान २५ थान (१३,७००) फिस वेल ६ थान (१९,५००) रुपैयाँको रहेको छ ।
FACEBOOK COMMENTS