काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा कोरोना भाइरस संक्रमणका कारण ३० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हासम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० हजार १८० जना पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै संक्रमितको कुल संख्या ७ लाख २३ हजार २९६ पुगेको छ ।
मन्त्रालयका अनुसार १० हजार ९०७ पीसीआर परीक्षणमा २ हजार ६१६ जना र ५ हजार ७४९ एन्टिजेन परीक्षणमा ८६५ जना गरी कुल ३ हजार ४८१ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै ९६४ जना छन् । प्राप्त विवरण अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६६३ जना, भक्तपुरमा १०९ जना र ललितपुरमा १९२ जना संक्रमित थपिएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८८५ जना संक्रमित निको भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३३ जना रहेका छन् । जसमध्ये ३४ हजार ८१३ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार २२० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७९६ जना आईसीयू र १८४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
FACEBOOK COMMENTS