काठमाडौँ । नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणाले नक्कली भुटानी शरणार्थी प्रकरणमा सार्वजनिक भएको अडियो फेक भएको जिकिर गरेकी छन्।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै राणाले आफूले उजुरी दिएको ६ दिनसम्म पनि अडियोको सत्यतथ्य नल्याइएकोमा आक्रोश पोखिन्।
‘फेक अडिओ मेरोमात्रै बनेको होइन। अरु अरुको पनि बनेको छ। तर, नाम मेरोमात्रै उच्चरण किन हुन्छ?’ उनले भनिन्, ‘मलाई साच्चै भन्ने हो भने एज अ वुमन यो एउटा क्यारेक्टर ‘असासिनेसन होइन, दिस इज रेप अफ माई क्यारेक्टर’।
प्रतिनिधि सभा सदस्य राणाले फेक न्युज र फेक मिडियाको पराकाष्ट पुगेको भन्दै आपत्ति जनाइन्।
उनले भनन्, ‘आज म यहाँ उपस्थित भएको सबैले देखिरहनुभएकै होला। म फिजिकल फर्ममा यहाँ छु। हाम्रो देशमा फेक न्युज र फेक मिडियाको परकाष्टै पुगिसकेको रहेछ। म त्यति सोसल मिडियामा एक्टिभ छैन। तर, यो देख्दा मलाई के लाग्यो भने हाम्रो देशमा हुने फेक मिडियाको कुनै न कुनै किसिमले सरकारको सुपरभिजन हुनुपर्यो।’
यस्तै, उनले सो सम्बन्धी उजुरी दर्ता गर्न पनि आफूलाई गाह्रो भएको बताइन्।
FACEBOOK COMMENTS