काठमाडौँ । चन्द्र ग्रहण नेपालबाट पनि देखिएको छ ।
नेपाली समयानुसार चन्द्र ग्रहण साँझ ५ बजेर ११ मिनेटबाट सुरु भएर बेलुका ६ बजेर ३४ मिनेटमा समाप्त भएको थियो ।
अग्नि तत्वीय राशि मेष तथा भरणी नक्षत्रमा लागेको ग्रस्तोदित खग्रास चन्द्र ग्रहण नेपालबाट स्पष्ट देखिएको थियो । सूर्य र चन्द्रमाबिच पृथ्वी आएर देखिने चन्द्र ग्रहण दक्षिण अमेरिका, युरोप, एसिया, अस्टे«लियाबाट समेत देखिन्छ ।
चन्द्रमा पृथ्वीको छायाँबाट गुज्रिनुलाई नै चन्द्र ग्रहण भन्ने गरिन्छ ।
ग्रहणले पुरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो । बेलुकी ०५ स्१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रूपमा देखिएको थियो भने बेलुकी ०५:२७ बजे ग्रहणको उन्मीलन भएको थियो ।
नेपालबाट ग्रहण एक घण्टा २३ मिनेट देखिएको छ ।
FACEBOOK COMMENTS