काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा निर्वाचनमा ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रधानन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले २० देखि २२ फागुनसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
आसन्न निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता बढाउने उद्देश्यले तीन दिन सार्वजनिक बिदा दिन निर्वाचन आयोगले सरकारसमक्ष सिफारिस गरेको थियो ।
तीन दिन सार्वजनिक बिदा दिँदा विभिन्न पेसा र व्यवसायमा मतदाता नामावली भएको स्थानबाट टाढा रहेका मतदातालाई मतदानस्थलसम्म जान सहज हुने विश्वास गरिएको छ ।
FACEBOOK COMMENTS