काठमाडौँ । आजदेखि चलचित्र ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’ र ‘ताराहरू’ प्रदर्शनमा आएका छन् ।
चलचित्र ‘माग्ने राजा’ र ‘जनै हराएको मान्छे’ लाई हलहरूले बढी प्राथमिकता दिएका छन् ।चलचित्र ‘माग्ने राजा’लाई देशभर १४५ र ‘जनै हराएको मान्छे’लाई ११५ हाराहारीमा शो उपलब्ध गराइएको छ भने चलचित्र ‘ताराहरू’ ले केवल ३० शो मात्र पाएको देखिएको छ ।
तर, शो संख्या पहिलो दिनमा दर्शकको साथ अनुसार दोस्रो दिनदेखि परिवर्तन हुदै जाने हुन्छ ।
फिल्म ‘माग्ने राजा’ मा अभिनेता केदार घिमिरे माग्ने बुढाले मुख्य भूमिका निभाएका छन् भने फिल्ममा वर्षा सिवाकोटी, विल्सन विक्रम राई, सारदा गिरी लगायतको अभिनय रहेको छ ।
ऋषि लामिछानेको निर्देशन रहेको यो फिल्मका निर्माता मुनाल घिमिरे हुन् । त्यस्तै बाबु छोरा र दिदी भाइबीचको सम्बन्धको कथामा बनेको फिल्म ‘जनै हराएको मान्छे’ मा अभिनेता विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहारी, सुशांक मैनाली, भोलाराज सापकोटालगायतको अभिनय रहेको छ ।
हिमाल न्यौपानेको डेब्यु निर्देशनमा बनेको यो फिल्मलाई कमल न्यौपाने र विमल न्यौपानेले संयुक्त रुपमा निर्माण गरेका हुन् । त्यसैगरी चलचित्र ताराहरू’लाई कलाकार आशान्त शर्माले निर्देशन गरेका हुन् ।
यो उनको पहिलो निर्देशकीय फिल्म हो । यसमा आशान्त स्वयंको मुख्य भूमिका छ भने मेनुका प्रधान, कुन्दुन शाक्य, मिरा खड्का लगायतको पनि अभिनय छ ।
FACEBOOK COMMENTS