काठमाडौं । एमजीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले हेक्टरको आधिकारीक विक्री बिहिबार देखि सुरु गरेको छ ।
नयाँ गाडी खरिदका लागि रोजाइमा पर्न सक्छ हेक्टरको साइन, सार्प र स्मार्ट गरी तीन भेरियन्ट जुन भारतबाट पहिलोपटक नेपाल भित्रिएको छ ।
साइन भेरियन्टको म्यानुयलको मूल्य ५९ लाख ९९ हजार र अटोमेटिक भेरियन्टको मूल्य ६४ लाख ९९ हजार रुपैयाँ रहेको छ । त्यसैगरी, स्मार्ट भेरियन्टको म्यानुअलको ६७ लाख ९९ हजार र अटोमेटिकको ७० लाख ६० हजार रुपैयाँ रहेको छ ।त्यस्तै, सार्प भेरियन्टको म्यानुअल ७३ लाख ९९ हजार र अटोमेटिकको ७८ लाख २५ हजार रुपैयाँ रहेको छ ।
एमजीले हेक्टरमा १.५ लिटर टर्बोचाज्र्डको साथ पेट्रोल ४८ भोल्ट माइल्ड हाइब्रिड इन्जिनमा उपलब्ध हुनेछ । उक्त इन्जिनले १४१ बीएच पावर र २५० एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुयल र ६ स्पीड ड्यूल क्लच अटोमेटिक ट्रान्समिसन रहेको छ ।
यसै सन्दर्भमा पहिलो हेक्टर गाडी खरिद कर्ता कुमार थापा संग गरिएको कुराकानी भिडियोमा :
FACEBOOK COMMENTS