काठमाडौँं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुईवटा जहाज ओभरसुट भएका छन् । एउटा कतार एअरवेज र एउटा एअर इण्डिगो एअरको जहाज विमानस्थलमा अवतरण हुन नसकेर ओरभसुट भएका हुन् ।
कतारको दोहाबाट आएको कतार एअरवेजको उडान नम्बर क्यूआर६४६ र भारतको दिल्लीबाट आएको इण्डिगो एअरको उडान नम्बर ६ई११५५ को जहाज ओभरसुट भएका हुन् ।
विमानस्थलाका एक अधिकारीले मौसममा देखिएको खराबीले गर्दा दुई विमान ओभरसुट भएको जानकारी दिए ।
‘हावाहुरी छ, त्यसैले जहाज अवतरण हुन सकेनन्,’ उनले कर्पोरेट खबरसँग भने ।
मौसमले साथ दिए जहाज अवतरण हुने, अन्यथा डाइभर्ट गर्नुपर्ने अवस्था आउन सक्ने उनले बताए ।
याे पनि-
FACEBOOK COMMENTS