काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवरुद्ध उडान सुचारु भएको छ । राजावादी प्रदर्शनकारीहरूले विमानस्थल क्षेत्र आसपास आगजनी गरेपछि करिब डेढ घण्टा बन्द भएको उडान अहिले सुचारु भएको हो ।
हाल आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सुचारु भए पनि उडान/अवतरण व्यवस्थापनमा चाप रहेको विमानस्थल स्रोतले जनाएको छ । जहाजहरूलाई केही समय आकाशमा फन्को लगाएर अवतरणको पालो दिनुपर्ने बाध्यता छ । सुरक्षाका लागि यात्रुहरूलाई परिचयपत्र र टिकटका आधारमा विमानस्थल प्रवेश गर्न दिइएको छ ।
FACEBOOK COMMENTS