काठमाडौं । डिजिटल वालेट ‘खल्ती’ले क्रिकेट एसोसिएसन नेपाल (क्यान)सँग सहकार्य गर्दै नेपाली क्रिकेट जगतको महा उत्सव, ‘द फेस्टिभल अफ हिमालयज’ नेपाल प्रिमियर लिग (एनपीए)को पहिलो संस्करणमा आधिकारिक टिकटिङ पार्टनरको रूपमा साझेदारी गरेको छ ।
यो लिगले देशभित्र र अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट खेलाडीहरूलाई एकत्रित गर्दै नेपाली क्रिकेट उत्थानको लागि एक महत्त्वपूर्ण भूमिका खेल्ने कुरामा सबै पक्षहरू विश्वस्त छन् । क्रिकेटप्रेमी फ्यानहरूको उत्साह चरम विन्दुमा छ भने उनीहरूले खल्ती एप मार्फत सजिलैसँग टिकट ‘क्याच’ गर्नसक्ने भएका छन् ।
केही क्लिकमै खल्तीबाट टिकट काटेर फ्यानहरू स्टेडियममै पुगी आफ्नो मन पर्ने टिमलाई हुटिङ गर्न, प्रत्येक चौका, छक्का र विकेटको मजा लिन साथै खेलको सप्राइजिङ मोमेन्टहरू प्रत्यक्ष रूपमा नजिकैबाट अवलोकन गर्न सक्नेछन् ।
अनलाइन टिकटहरू अब खल्ती एपमा उपलब्ध छन् र क्रिकेट फ्यानहरूले खेलका टिकटहरू सजिलै लिन सक्नेछन्। पहिलो दिन, प्लेअफ र त्यसपछिका खेल हुने दिन बाहेक, प्रतिदिन साधारण टिकटको मूल्य ३सय साथै भिआइपी टिकटको मूल्य ५ सय तोकिएको छ भने । प्लेअफ र त्यसपछिका खेलका लागि भने टिकट चाँडै उपलब्ध हुने खल्तीले जनाएको छ । फ्यानहरूले सबै खेलको एकमुस्ट सिजन पास पनि लिई सक्नेछन् ।
यसका लागि साधारणको मूल्य ४ हजार ४ सय ८० र भिआइपी टिकटको मूल्य ८ हजार २ सय ४० रुपैयाँ तिर्नुपर्ने हुन्छ । मंसिर १५ बाट टियु अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्डमा सुरु हुन लागेको एनपीएलमा विराटनगर किन्ङ्स, जनकपुर बोल्ट्स, काठमाडौँ गुर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी ८ वटा टोली सहभागी छन् भने राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता रहनेछ।
FACEBOOK COMMENTS