काठमाडौं, भदौ २८ गते । दशैं तिहार र छठ पर्वको समयमा हवाइ यात्रुका लागि टिकटको समस्या सहज हुनका लागि वायूसेवा सञ्चालक सङ्घ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले उडान संख्या थप गरीएको छ ।
कोरोना महामारी कम भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दैनिक उडान थप गर्दै हाल १०७ वटासम्म उडान गर्दैआएको छ । संक्रमणको दरमा कमी आएकाले दशैंमा उडानहरु थप गरी यात्रुहरुलाई सहज रुपमा टिकट पाउने व्यवस्था मिलाउने भएको छे ।
नेपालमा नौ वटा हवाइ कम्पनीको ३८ वटा जहाजले नियमित रुपमा आन्तरिक उडान र आन्तरिकतर्फ नै १० वटा हेलिकप्टर कम्पनीका ३३ वटा हेलिकप्टरले हवाइ सेवा दिंदै आएका छन् । विमानस्थल १८ घण्टा सञ्चालन हुदा दैनिक ३०० वटा सम्म आन्तरिक उडान गरेको तथ्याङक पाइएको छ ।
कोरोना महामारीका कारण सन् २०१९ को तुलनामा २०२० मा आन्तरिक हवाइ यात्रुको सङ्ख्या ५९.४६ प्रतिशत र अन्तर्राष्ट्रिय हवाइ यात्रुको सङ्ख्या ७३.२७ प्रतिशतले घटेको नागरिक उडड्यन प्राधिकरणको तथ्याङक छ । दुर्गम क्षेत्रमा उडान भर्दै आएकामध्ये नेपाल एयरलाइन्सको दुई, तारा एयरको तीन, सीता एअरको तीन र समिट एयरको चार वटा जहाजले थप उडान सङ्ख्या वृद्धि गर्ने तयारी गरेको विमानस्थलले जनाएको छ ।
FACEBOOK COMMENTS