काठमाडौं । फूलको पर्व तिहारलाई लक्षित गरि ‘तिहार फ्लोरा एक्स्पो २०८२’ सञ्चालन गरिएको छ ।
तिहारमा स्वदेशी फूल प्रयोग गर्न सर्वसाधारणलाई उत्प्रेरित गर्ने उदेश्यका साथ नर्सरी व्यवसायी सङ्घ नेपालले भृकुटीमण्डपमा फ्लोरा एक्स्पोको आयोजना गरेको हो ।
असोज २८ गते देखि सुरु भएको एक्स्पो कात्र्तिक एक गतेसम्म सञ्चालन हुनेछ । पाँच दिन सम्म सञ्चालन हुने यस एक्स्पोमा अवलोकनकर्ताहरुले सात भन्दा बढी प्रकारका फूल तथा बोटविरुवाको अवलोकन गर्न तथा किन्न सक्नेछन् ।
एक्स्पोमा ६२ वटा व्यवशायिक स्टलहरु रहेका छन् । जहाँ फूल, जडिबुटीका बिरुवाहरु, गमला, प्राङ्गारिक मल पनि किन्न सकिनेछ ।
एक्स्पोमा सबैभन्दा कम २५ रुपैयाँ पर्ने देखि सबैभन्दा बढी एक लाख ५० हजार रुपैयाँ सम्म पर्ने विरुवा उपलब्ध रहेको आयोजक पक्षले जनाएको छ ।
हेर्नुहोस् तस्बिरमा तिहार फ्लोरा एक्स्पो –
FACEBOOK COMMENTS