काठमाडौँ । टिकटक प्रतिबन्धविरुद्ध परेका रिटको सुनुवाइका न्यायाधीश विनोद शर्माको इजलासमा पेसी तोकिएको छ ।
टिकटकमाथिको प्रतिबन्ध तत्काल हटाउन माग गर्दै दायर रिटमाथि मंगलबार सर्वोच्चमा एक न्यायाधीशको इजलासमा प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।
सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेका अनुसार टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता भएका छन् । ती रिटमाथिको प्रारम्भिक सुनुवाइ सोमबार हुने भनिएको थियो । सोमबार न्यायाधीश डा। कुमार चुडालको एकल इजलासमा पेसी तोकिएको भए पनि हेर्न नभ्याउने सूचीमा परेको थियो ।
FACEBOOK COMMENTS