काठमाडौं । टिकटकले एनसेल नेपाल सुपर लिग (एनएसएल) सँग आगामी तेस्रो सिजनको लागि अफिसियल इन्टरटेनमेन्ट पार्टनरको रूपमा साझेदारी गरेको छ।
यो सहकार्यले टिकटक प्लेटफर्ममा विशेष कन्टेन्ट, खेलाडीहरूको संलग्नता र प्रतियोगिताका हाइलाइटहरू मार्फत फ्यानहरूलाई एनएसएलको अझ नजिक ल्याउने लक्ष्य राखेको छ।
मार्च २९ देखि काठमाडौंको प्रतिष्ठित दशरथ रंगशालामा सुरु हुने एनसेल एनएसएलको तेस्रो सिजन एक महिना लामो फुटबल महोत्सवको रूपमा आयोजना हुनेछ। यो प्रतियोगिता अप्रिल २६, २०२५ मा हुने फाइनल खेलसँगै समापन हुनेछ। विश्वभर एक अर्बभन्दा बढी सक्रिय प्रयोगकर्ता रहेको टिकटक प्लेटफर्ममा फुटबल प्रशंसकहरूले कन्टेन्ट बनाउने र संलग्न हुने अवसर प्राप्त गर्नेछन्।
पछिल्ला केही वर्षहरूमा नेपालमा टिकटक खेलकुद र मनोरञ्जन कन्टेन्टको महत्त्वपूर्ण स्रोत बनेको छ। यो प्लेटफर्म जोशिला प्रशंसक र क्रियटरहरूको जमघट स्थलको रूपमा विकसित भएको छ, जहाँ प्रत्येक दिन हजारौं भिडियोहरू साझेदारी हुन्छन्। यहाँ मानिसहरूले आफ्ना मनपर्ने टिम, खेलाडी र म्याच डे इभेन्टहरूबारे छलफल गर्ने ठाउँ पाउँछन्।
यो साझेदारीले देशभरका एनएसएल फ्यानहरूलाई खेलका हाइलाइट, खेलाडीहरूसँगको पर्दा पछाडिका अन्तरक्रिया र भाइरल गेम डे ट्रेण्डहरूको अपडेट प्रदान गर्नेछ। यसले लिगलाई अझ अन्तरक्रियात्मक र आकर्षक बनाउनेछ। नेपालका फुटबल फ्यानहरूले #NSL र #NepalSuperLeague ह्यासट्यागहरू प्रयोग गरेर टिकटकमा प्रतियोगिताका अविस्मरणीय क्षणहरू सँगै सेलिब्रेट गर्न सक्नेछन्। साथै, #CelebrateFootball ह्यासट्यागले युनिक कन्टेन्टहरू प्रस्तुत गर्नेछ, जसले युजर डिस्कभरी र एनएसएल कन्टेन्टसँग संलग्नता बढाउनेछ।
यसबाहेक, #CelebrateFootball मार्फत फ्यानहरूलाई नेपाली फुटबलमा पहिलोपटक एक्सक्लुसिभ बिहाइन्ड द सिन एक्सेस पनि उपलब्ध हुनेछ। यो सहकार्यले नेपालमा फुटबलको लोकप्रियतालाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
FACEBOOK COMMENTS