काठमाडौं । आज टिकटकको ‘सर्च’ फिचर कन्टेन्टहरू खोज्ने एक प्रभावशाली माध्यमका रूपमा स्थापित हुँदै गएको छ । यसमार्फत नयाँ आइडियाहरू खोज्न, व्यवहारिक सीपहरू सिक्न, प्रेरणाहरू लिन तथा आफ्नै संस्कृति, भाषा र दैनिक जीवनसँग सम्बन्धित सामग्रीसँग जोडिन लाखौँ प्रयोगकर्ताहरू टिकटक प्रयोग गरिरहेका छन्।
प्रयोगकर्ताहरू टिकटकलाई कुनै विषय छिटो र दृश्यात्मक रूपमा बुझ्न भिडियो–फस्र्ट सर्च इञ्जिनका रूपमा प्रयोग गर्न थालेका छन्। परीक्षाको तयारीदेखि यात्रा योजना बनाउने, ताजा समाचार बुझ्ने वा नयाँ सीप सिक्ने जस्ता विषयमा छोटा भिडियोमार्फत वास्तविक समयमै जानकारी खोज्न टिकटक प्रयोग भइरहेको छ। यसले प्रयोगकर्ताको क्रियटरहरूले बनाउने वास्तविक अनुभवमा आधारित र बुझ्न सजिलो कन्टेन्टहरूप्रति बढ्दो रुचिलाई झल्काउँछ।
नेपालमा टिकटक अब केवल मनोरञ्जनको प्लेटफर्म मात्र रहेन। ‘सर्च’ फिचरमार्फत टिकटक जिज्ञासा र व्यवहारिक उपयोगमा आधारित एक गतिशील, दृश्यात्मक खोज अनुभव बनेको छ। पछिल्लो एक वर्षमा शिक्षा, संस्कृति, खाना, यात्रा, सौन्दर्य, जीवनशैली, ब्रेकिंग न्युजको व्याख्या तथा दैनिक जीवनमा आइपर्ने विषयहरूमा “हाउ टु” जस्ता सर्चहरू उल्लेखनीय रूपमा बढेको छ। यसले मानिसहरू टिकटकलाई सिक्न, बुझ्न र आपसमा सम्बन्ध बढाउन प्रयोग गरिरहेका छन् भन्ने देखाउँछ।
नेपालको टिकटक कम्युनिटीले वास्तविक जीवनसँग सम्बन्धित प्रश्नहरूको उत्तर खोज्ने कार्य अभूतपूर्व गतिमा बढाइरहेको छ। पछिल्लो वर्ष ३ीभबचलइलत्ष्पत्यप, ३त्चबखभत्यिप, ३द्यययपत्यप, ३ँययमत्यप लगायतका लोकप्रिय ह्यासट्यागसँग सम्बन्धित सर्चहरू उल्लेखनीय रूपमा बढेका छन्। नेपाली प्रयोगकर्ताहरू आफ्ना रुचि र जिज्ञासासँग मेल खाने सामग्री खोज्न टिकटकतर्फ झन् आकर्षित हुँदै गएका छन् ।
“नेपालमा हाम्रो कम्युनिटीले कुनै पनि विषयले के–कसरी काम गर्छ भनेर बुझ्न, छिटो जानकारी पाउन वा वास्तविक मानिसहरूबाट प्रेरणा लिन टिकटक ‘सर्च’लाई स्वाभाविक सुरुवाती बिन्दुका रूपमा प्रयोग गरिरहेको छ,” टिकटक दक्षिण एशियाका कन्टेन्ट अपरेशन्स लिड उमैस नवीदले भने। “टिकटकलाई विशेष बनाउने कुरा यसको समुदायको प्रामाणिकता पनि हो। यहाँको सामग्री मानवीय, व्यवहारिक र वास्तविक अनुभवमा आधारित हुन्छ, जसले ‘सर्च’लाई जानकारी मात्र होइन, विश्वासिलो दृष्टिकोणसँग जोडिने स्थान पनि बनाएको छ।”

FACEBOOK COMMENTS