काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे फ्रान्स जाने भएका छन् ।
लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि पहल गर्न आफू फ्रान्स जान लागेको मन्त्री पाण्डेले संसदीय समितिलाई जानकारी गराएका हुन् ।
शुक्रबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले फ्रान्सको पेरिसमा हुने वर्ल्ड हेरिटेज कमिटीको बैठकमा सहभागी हुन जाने जानकारी दिए ।
FACEBOOK COMMENTS