काठमाडौं । मानिसहरुमा धेरै थरिको सौख हुन्छ, कोहि जनावर पाल्न सौखिन हुन्छन् त कोहि लामो दारी पाल्ने सौखिन हुन्छन् । हाम्रो समाजमा सामान्यतया पुरुषहरुले लामो कपाल पाल्ने चलन छैन तर कतिपय पुरुषहरुको कपाल पाल्ने सौख पनि हुन्छ ।
व्यक्तिका यि यस्ता सौखहरु हामिले देख्छौ । व्यक्तिले आफ्नो ति रहरलाई स्नेहपूर्वक हुर्काउने गर्दछ । आफ्नो समय मेहनत खर्चिने गर्दछ । सामान्यतया धेरै पुरुषको रहर हुन्छ दाह्री जुङ्गा पाल्ने । के तपाइले कसैको रहर लामो जुङ्गा पाल्ने पनि हुन्छ भन्ने सुन्नु भएको वा देख्नु भएको छ ? पक्कै पनि छैन । तर लामो दारी पाल्ने सौख भएका तिलकुमार थापा छन् ।
उनले यहि दाह्रीका कारण समाजमा छुट्टै पहिचान बनाएका छन् । त्यसैले उनलाई धेरैले जुङ्गे थापाको नामबाट चिन्दछन् । काठमाडौंको सुविधानागर तीनकुनेमा बस्ने थापाले आठ वर्षदेखि बडो मेहेनत र स्नेह पूर्वक जुङ्गा पाल्दै आएका छन् । यही जुङ्गाकै कारणले उनि देशविदेशमा जुङ्गे थापाको नामबाट परिचित छन् ।
जुंगाकै कारण देस विदेशबाट भेट्न आउने उनि दाबी गर्छन । त्यति मात्र कहाँ हो र संघीय संसदको पहिलो महिला उपसभामुख इन्दिरा राणामगरले समेत जुङ्गा कै कारण आफुलाई भेट्न गएको थापा बताउछन् । राणासहित गणतान्त्रिक व्यवस्थाको पहिलो राष्टपति डा. रामवरण यादव, वरिष्ठ कलाकार तुल्सी घिमिरे, पत्रकार श्रृषि धमला, कलाकार तथा वहुप्रतिभाशाली व्यक्तित्व सन्दीप क्षेत्री, नायक रमित ढुंगानालगायतले उनलाई भेट्न गएका छन् जुन उनको घरमा भएको तस्वर बाट थाहा हुन्छ ।
साथै दर्जनको हाराहारीमा आफ्ना एकल जुंगे तस्वीरहरु पनि उनले घरको भित्तामा सजाएका छन् । जुङ्गाकै कारण वरिष्ठ कलाकार तुल्सी घिमिरे विदेशदेखि नेपाल आएर भेट्न आएको मिठो सम्झना उनिसंग छ ।
उनको जुङ्गा झण्डै एक फिट लामो छ । अरु बेला उनी त्यो जुङ्गालाई दुबै कानमाथि मिलाएर राख्न् । कसैले हेर्न चाहेमा कानबाट झिकेर सानका साथ देखाउँछन् । जुङ्गाकै कारण प्रख्यात भएकाले आगामि दिनमा कहिल्यै पनि जुङ्गा नकात्ने उनले प्रण लिएका छन् । एक फिट लामो जुङ्गा पालेका तिलकुमार थापाले दाह्री भने पालेका छैनन् ।
जुङ्गा पाल्न देखेको जस्तो त्यति सहज नभएको उनी सुनाउँछन् । दिन विराएर सैलुनमा जुङ्गा मिलाउन जानु पर्ने साथै जुन पायो त्यहि तेलको प्रयोग गर्न नहुने पनि उनले सुनाए । यही कारण मासिक १०, १५ हजार पैसा यही जुङ्गा स्याहार्नमा जाने उनले सुनाए ।
यही जुङ्गाकै कारण पत्रकार श्रृषि धमलासंग जनता जान्न चाहन्छन् कार्यक्रममा अन्तर्वार्ता पनि दिन पाएको उनि सम्झिन्छन् । साथसाथै सामाजिक सञ्जालहरुबाट पनि आफू देशैभरि परिचित हुन पाएकोमा थापा खुसी छन् ।
पेसाले भुपु प्रहरी उनि अहिले जुङ्गे थापाको रुपमा प्रख्यात छन् । रामेछाप मन्थली नगरपालिकाका बासिन्दा थापा २०५६ सालदेखि नेपाल प्रहरीमा जागिरे थिए । १८ वर्ष उनि नेपाल प्रहरीमै जागिर खाए । प्रहरी मै जागिरे हुँदा गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादवको सवारी चालकको रुपमा सेवा गरे । त्यसपछि उनले जागिर छोडे । तर यहि सेवाकै कारण थापा अहिले पनि डा. यादवसंग नियमित सम्पर्कमा छन् ।
हाल भने उनी काठमाडौंको कोटेश्वर तीनकुने सुविधानगरमा पार्टनरशिपमा रेसुङ्गा फ्याम्ली रेष्टुरेन्ट सञ्चालन गरिरहेका छन् । रेष्टुरेन्टको साइन बोर्डमा समेत उनको सानदार जुंगे तस्वीर देख्न सकिन्छ । जसका कारण उनको रेष्टुरेन्टले बजार पाएको छ । जुङ्गेसंग बसेर खान भनेर ग्राहक आउने गरेको र आफु नभेटिए जुङ्गे तस्वीर हेरेर जाने गरेको रमाइलो किस्सा सुनाए ।
FACEBOOK COMMENTS