काठमाडौं । काठमाडौंको तीनकुनेमा भइरहेको राजावादीहरूको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।
अश्रुग्यास प्रहारपछि तनावग्रस्त बनेको माहोल फेरि सम्हालिन खोजिरहेको छ ।
अहिलेसम्म आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं र धवलसमशेर राणाले सामान सम्बोधन गरेका छन् । प्रदर्शनस्थलमा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले दर्जनौँ सेल अश्रुग्यास प्रहार गरी स्थितिलाई नियन्त्रणमा लिने प्रयत्न गरिरहेको छ ।
प्रदर्शनस्थलमा टेलिफोन र इन्टनेट प्रभावित भएको छ भने कोटेश्वर र तीनकुनेतर्फबाट एयरपोर्टतर्फ जाने सवारी साधनहरू पूर्णरूपमा ठप्प पारिएको छ ।
हेर्नुहोस् तस्बिरहरू–
FACEBOOK COMMENTS