काठमाडौं । तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा दुई जनाको ज्यान गएको छ ।
प्रहरी र प्रदर्शनकारीबीचको झडपमा परी घाइते भएका कीर्तिपुर निवासी २९ वर्षीय सविन महर्जनको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ)मा उपचारका क्रममा ज्यान गएको हो भने अर्का एक जना पत्रकारको पनि ज्यान गएको छ ।
ज्यान गुमाउने पत्रकारमा एभिन्युज टेलिभिजनका क्यामेरा पर्सन सुरेश रजक छन् । तीनकुनेमा आगजनी भएको भवनभित्र जलेर उनको निधन भएको बताइएको छ ।
जलिरहेको सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृश्य खिचिरहेका सुरेश रजकको जलेर निधन भएको हो ।
राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि एक भवनमा आगजनी भएको थियो । सो घटनालगत्तै रजक सम्पर्कविहीन भएका थिए ।
झडपमा पारी घाइते भएका अन्य तीन जनाको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उपचार गराइरहेकाहरूमा डिल्ली प्रसाद लुइँटेल, गणेश तामाङ र श्याम दर्जी छन् ।
FACEBOOK COMMENTS