काठमाडौ । ‘कमाइको राजा’ भनेर परिचित टीएम–वान (टीएम१) ले नेपालभरिका विभिन्न साना तथा मझौला व्यवसायहरूमा १०० भन्दा बढी युनिटहरू सफलतापूर्वक सञ्चालनमा ल्याएर एक महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । नेपाली व्यवसायीहरूबीच टीएम१ को बढ्दो लोकप्रियता र विश्वास झल्काउने यस विशेष उपलब्धिलाई केक काट्ने कार्यक्रममार्फत उल्लासपूर्वक मनाइएको छ ।
यस अवसरमा एमएडब्ल्यू ग्रुपका प्रबन्ध निर्देशक विवेक सिकरिया, एमएडब्ल्यू वृद्धि कमर्सियलका सीइओ तुषार गुप्ता, सेल्स हेड नविन आचार्य, मार्केटिङ प्रमुख प्रकाश सुवेदीलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो । उनीहरूको सहभागिताले कार्यक्रममा थप उत्साह र ऊर्जा भरेको थियो ।
टीएम१ आजको दिनमा नेपालमा केही अर्थपूर्ण काम गर्ने र आफ्नै व्यवसायिक यात्रा सुरू गर्ने चाहना राख्नेहरूका लागि पहिलो रोजाइको सवारी बनेको छ । चाहे ताजा तरकारी बजारमा पुर्याउन होस् वा पानी, दूध, ग्यास सिलिन्डर जस्ता दैनिक उपभोग्य सामान वितरण गर्न होस्, टीएम१ को भरपर्दो प्रदर्शन, उच्च दक्षता र नेपाली आवश्यकताअनुसारको डिजाइनमार्फत आफूलाई एक सक्षम व्यवसायिक सवारीको रूपमा प्रमाणित गरेको छ ।
व्यवसायीलाई आफ्ना आवश्यकताअनुसार छनोट गर्न सहज बनाउने गरी टीएम१ दुई फरक साइजका लोडिङ डेक (८ फिट र १० फिट) मा उपलब्ध छ । विश्वकै नम्बर १ सीएटीएल ब्याट्रीबाट सञ्चालित यस इलेक्ट्रिक सवारीले २८० किलोमिटर एनईडीसी रेन्ज प्रदान गर्छ, जसले गर्दा यो शहरी डेलिभरीका लागि विशेष उपयुक्त मानिन्छ । एमएडब्ल्यू वृद्धिको भरपर्दो सर्भिसका कारण टीएम१ ले कम मर्मत खर्चमै अत्यधिक फाइदा दिने सवारीको रूपमा निरन्तर आफूलाई प्रमाणित गरिरहेको छ ।
नेपालभरि साना तथा मध्यम व्यवसायहरूलाई सशक्त बनाउँदै अघि बढिरहेको टीएम१ का लागि यो उपलब्धि भविष्यमा आउने थुप्रै सफलताका कथाहरूको केवल सुरूवात हो ।
एमएडब्ल्यू वृद्धि कमर्सियलको बारेमा
एमएडब्ल्यू वृद्धि कमर्सियल भेहिकल प्रालि नेपालका व्यावसायिक सवारीसाधनहरूको क्षेत्रमा एक प्रमुख संस्था हो, जसले भरपर्दो, शक्तिशाली र इनोभेटिभ मोबिलिटी सोलुसन्स प्रदान गर्दै आएको छ । नेपालका लागि फोटोन ब्राण्डका व्यावसायिक सवारीहरूको आधिकारिक वितरकको रूपमा कम्पनीले नेपाली सडक र व्यवसायहरूको विविध आवश्यकतालाई पूरा गर्न विश्वस्तरीय प्रविधि र इन्जिनियरिङ प्रस्तुत गर्दै आएको छ ।
ग्राहक सन्तुष्टि, आफ्टर सेल्स सर्भिस र दीर्घकालीन मूल्यमा केन्द्रित रही एमएडब्ल्यू वृद्धि नेपालको व्यावसायिक यातायात क्षेत्रमा प्रगति र प्रदर्शनमा उल्लेखनीय योगदान पुर्याउन प्रतिबद्ध छ ।
FACEBOOK COMMENTS