काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दै छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा आज प्रस्तुत गरिने नीति तथा कार्यक्रम अनुमोदन गर्न मन्त्रिपरिषद्को बैठक बाेलाएका हुन् ।
बैठक सिंहदरबारमा १२ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले आज ४ बजे संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दैछन्।
सरकारले हरेक वर्ष जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि राष्ट्राध्यक्षमार्फत नीति तथा कार्यक्रम सार्वजनिक हुने गरेको छ ।
प्रधानमन्त्रीले गत मंगलबार १० दलको संयुक्त बैठक बोलाएर नीति कार्यक्रममा समेट्नुपर्ने विषयबारे सुझाव मागेका थिए ।
प्रधानमन्त्री प्रचण्ड आफैंले सार्वजनिक कार्यक्रमहरुमा यसपालिको नीति तथा कार्यक्रम र बजेट, उत्पादनमा वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने बताइसकेका छन् ।
FACEBOOK COMMENTS