काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले नेपालमा नयाँ जेलेन्स्की जन्माउन खोजिएको आरोप लगाएका छन् ।
नेकपा एमालेका काठमाडौं उपत्यकाका १५ जना उम्मेदवारहरूसँगको संवाद कार्यक्रममा बोल्दै नेता बस्नेतले अन्तराष्ट्रिय शक्तिहरुको खेल मैदान बनाउन लागिएको बताउदै नयाँ जेलेन्स्की बनाउन खोजिएको आरोप लगाएका छन् ।
नेता बस्नेतले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान अवस्थामा दलहरुको साझा धारणा बनाउन केहि दलका नेताहरुसँग छलफल गरेको तर त्यो गठबन्धन गर्न भएको छलफल नभएको स्पष्ट गरेका छन् ।
नेता बस्नेतले सरकारले दुई चरणमा निर्वाचन गर्ने कुरा गरेर चुनावमा धाँधली गर्न खोजेको आरोप लगाएका छन् । प्रधानमन्त्रीको अभिव्यक्तिले पनि त्यो कुराको पुष्टि भएको भन्दै नेता बस्नेतले सरकार कुनै दललाई जिताउन लागिपरेको देखिएको बताए ।
FACEBOOK COMMENTS