२५ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाहरुका लागि सुविधा थप गरेको छ । २०७९ असार मसान्त भित्र गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार गर्ने गरी दुई वा दुईभन्दा बढी वाणिज्य बैंकहरु एकापसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी हुनेलाई थप सुविधा दिने राष्ट्र बैंकले बताएको हो ।
राष्ट्र बैंकले ‘क’ , ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई प्राथमिकता क्षेत्रमा आफ्नो कुल कर्जा र सापटीको क्रमश २५ प्रतिशत , १५ प्रतिशत र १० प्रतिशत कर्जा प्रवाह गर्नु पर्ने ब्यबस्था गरेको छ । जस अनुसार बाणिज्य बैंकले कृषिमा १० प्रतिशत र कृषि बाहेकका प्राथमिकताप्राप्त क्षेत्रमा १५ प्रतिशत लगानी गर्नु पर्ने ब्यबस्था छ । यदि बैंकहरु मर्जमा गई २०७७ असार मसान्तसम्म एकिकृत कारोबार सुरु गरे तोकिएको कर्जा पुर्याउनु पर्ने अवधि २०७८ असार मसान्तसम्म कायम गरेको छ ।
FACEBOOK COMMENTS