काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजीको शोषणलाई अन्त्य गरिछाड्ने दाबी गरेका छन्।
मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै गृहमन्त्री श्रेष्ठले २१औं सताब्दीमा पनि सामन्तवादी शोषण हुनु दु:खद् भएको भन्दै सरकारले यसलाई गम्भीर रुपमा लिएको बताए।
उनले भने, ‘मिटरब्याजको समस्या अन्त्य गर्न र पीडितहरुलाई न्याय दिन सरकार प्रतिबद्ध छ। हाम्रो मन्त्रालय प्रतिबद्ध छ।’
उनले मिटरब्याजबाट पीडितहरुले जागरण अभियान चलाएर सरकारको ढोका ढक्ढक्याएकोमा आभार व्यस्त गरे। पीडितहरुको संघर्षका कारण नै पीडितकमाथि कारबाहीका लागि बल प्राप्त भएको गृहमन्त्री श्रेष्ठले बताए।
यसअघि मिटरब्याजीहरुलाई कारबाही गर्न कानुनी व्यवस्था नभएकाले कानुन संशोधनका लागि मन्त्रिपरिषद्बाट अघि बढाएको भन्दै उनले हरेक मिटरब्याजीलाई पहिचान गरेर कारबाही गरिने प्रतिबद्धता जनाए।
FACEBOOK COMMENTS