काठमाडौं । लुम्बिनी प्रदेशका मूख्यमन्त्री डिल्ली बहादुर चौधरी र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित योजना आयोगका कार्यालयमा मूख्यमन्त्री चौधरी र उपाध्यक्ष श्रेष्ठबीच मुलुकको अर्थतन्त्र र विकासका विषयमा छलफल भएको हो ।
भेटमा मूख्यमन्त्री चौधरीले स्वदेशी उत्पादनलाई बढवा दिने नीति तथा कार्यक्रममा ल्याउनु पर्ने बताए ।
स्वदेशी उत्पादनहरु प्रवद्र्धन हुने र रोजगारी सिर्जना हुने कार्यक्रमहरु बनाउनका लागि भूमिका खेल्न आयोग समक्ष उनले अनुरोध गरे ।
मूख्यमन्त्री चौधरीले अहिले विदेशी मदिराहरु जताततै छ्याप्छ्याप्ती रहेको तर नेपालमै उत्पादन हुने मदिराको भने कुनै मूल्य नरहेको बताए ।
‘कोरियाबाट आउने छ्याङ हामी किन्छौँ, अनि यहाँ थारुको घरम बनेको चाहिँ घोप्याउनु पर्ने स्थिति छ’ उनले भने, ‘यसको अन्त्य गरेर मास बेसमा स्वदेशी उत्पादनहरु बढाउने र रोजगारी सिर्जना हुनुपर्छ ।’
मूख्यमन्त्री चौधरीले स्वदेशी उत्पादनहरु धेरै राम्रा भए पनि हामीले मार्केटिङ गर्न नसकेको भन्दै अब हरेक स्वदेशी उत्पादनलाईलाई प्राथमिकता राख्नुपर्ने बताए ।
जवाफमा उपाध्यक्ष डा. श्रेष्ठले आन्तरिक उत्पादनहरु बढाउनु नै आजको आवश्यकता रहेको बताए ।
अर्थतन्त्रलाई वलियो बनाउनका लागि पनि स्वदेशी उत्पादनलार्य जोड दिनु पर्ने उनले बताए । स्वदेशी उत्पादन र रोजगारी सिर्जना हुने परियोजनालाई जोड दिइर अर्थतन्त्रलाई वलियो बनाउनु पर्ने उनको भनाइ छ ।
रोजगारी सिर्जना हुने गरी आन्तरिक उत्पादनहरुलाई जोड दिनुपर्छ भन्ने सधै आफ्नो मान्यता रहेको उनले बताए ।
‘मास बेस इन्कम जेनेरेट हुने गरी काम गर्नुपरो’ उनले भने, ‘भइरहेको भन्दा केही नयाँ गर्नुपर्छ भन्ने छ, हामी उत्पादन र रोजगारीका लागि केही गर्छौँ ।’
भेटमा मूख्यमन्त्री चौधरीलाई उपाध्यक्ष श्रेष्ठले बधाई तथा सफल कार्यकालको शुभकामना दिए । चौधरीले मूख्यमन्त्रीको रुपमा केही दिन अघिमात्रै प्रदेशसभाबाट विस्वासको मत पाएका थिए ।
FACEBOOK COMMENTS