काठमाडौं । तिहारको अन्तिम दिन आज भाइटीका लगाएर भनाइन्छ । कार्तिक शुक्ल द्वितीयका दिन भाइटीका पर्व मनाउने प्रचलन रहेको छ ।
यो दिन दिदीबहिनीहरुले दाजुभाइलाई विधिपूर्वक पूजा गरी टोपी, खानेकुरा खान दिने, तेल लगाइदिने र दिदीबहिनीलाई दाजुभाइले गक्ष्यले भ्याएसम्म दक्षिणा तथा उपहार दिने गरिन्छ ।
आजको दिन दाजुभाइलाई दिदीबहिनीले सप्तरङ्गी टिका निधारमा लगाउने, मखमली फूलको माला लगाउने, प्रचलन रहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार भाइटीकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा रहेको छ ।
आज काठमाडौंको रानीपोखरीमा रहेको बाल ँगोपालेश्वर मन्दिर खुला हुन्छ । त्यहाँ दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले टिका लगाउने गर्छन ।
FACEBOOK COMMENTS