काठमाडौं । आज यमपञ्चकको चौथो दिन गोबद्धन पूजा अर्थात् गाईगोरु पूजा । यो दिन हलितिहार पनि हो ।
आज गाईगोरुको एकैसाथ पूजा गर्ने गरिन्छ । गाई लाई माता समान मानिन्छ । गोरु किसानको सहयोगी हो । यो दिन गाईगोरुलाई मीठो मीठो खानेकुरा खान दिने, पूजा गर्ने प्रचलन छ ।
यो दिन म्ह पूजा पनि हो । नेवारी समुदायमा आफुले आफैलाई पूजा गरिन्छ । त्यसैलाई म्ह पूजा भनिन्छ । आजैबाट नेपाल संवतको नयाँ वर्ष पनि सुरु भएको छ ।
आजैबाट नेपाल संवत ११४२ बर्ष सुरु भएको छ । यो संवत काठमाडौं उपत्यकाका लगायतका नेवार समुदायले मनाउने गर्दछन् ।
FACEBOOK COMMENTS