काठमाडौं । हिन्दू नेपाली महिलाहरुले मनाउने पर्व हरितालिका तीज (आज) बिहीबार भनाईदैछ ।
यो वर्ष देवाधिदेव महादेवको पूजाआराधना गरी मनाउने प्रचलन रहेको छ । हिन्दू धर्म अनुसार प्रत्येक वर्ष भाद्रशुक्ल तृतीयाको दिन भगवान् शिवलाई खुसी पार्न महिलाहरुले व्रत बसेर पूजाआराधना गर्ने परम्परा रहेको छ ।
हिमालय पर्वतकी पुत्री पार्वतीले ‘देवाधिदेव महादेवलाई पति रूपमा पाऊँ’ भनी व्रत गरेको शिवपुराणमा उल्लेख छ । बाबुले आफ्नो विवाह भगवान् विष्णुसँग गरिदिने भएपछि पार्वतीले आफूले मन पराएको वर पाउन शिवजीको तपस्या गरेकी थिइन् ।
आफ्नो मनोकामना पूर्ण नभएपछि उनले शिवलिङ्ग स्थापना गरी व्रत बसी पूजाआराधना गरेकी थिइन् । उनले गरेको व्रत यसै दिन पूर्ण भएको र व्रतका प्रभावले शिवपार्वतीको विवाह भएको शास्त्रमा उल्लेख छ ।
यस दिन हिन्दु धर्मालम्बी महिलाहरू निराहार, जलाहार, फलाहार, एकछाक खाएर ब्रत बस्ने गरेका छन् । यसदिन अविवाहितले सुयोग्य वर पाऊँ, विवाहितले पतिबाट पार्वतीको जस्तो माया पाऊँ भन्ने मनोकामनासहित व्रत बस्ने गर्दछन्।
व्रतको अघिल्लो दिन राति दर खाने चलन छ । बिहीबार शिवालय गई शिवको दर्शन गर्ने, पुजा गर्ने गरिन्छ । यो वर्ष कोरोना महामारीका कारण अघिल्ला वर्षहरु जस्तो धेरै भिडभाड गर्न भने पाइने छैन । यो दिन महिनाहरुको लागि सार्वजनिक विदा दिने प्रचलन पनि रहेको छ ।
FACEBOOK COMMENTS