काठमाडौँ । गणपति लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन रहेको छ ।
संस्थाले साधारणसभा तथा लाभांश प्रयोजनको लागि ७ पुसमा बुक क्लोज गर्दै छ । यसर्थ, मंगलबारसम्म कायम सेयरधनीले यी कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।
लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई १९ प्रतिशत बोनस र कर प्रयोजनार्थ एक प्रतिशत नगद लाभांश वितरण गर्न १७ पुसमा वार्षिक साधारणसभा डाकेको छ । सभा हाइट हाउस पार्टी प्यालेस शुक्लागण्डकी, दुलेगौंडा तनहुँमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
FACEBOOK COMMENTS