काठमाडौं ।सोमबार नेपाल हाइड्रो डेभलपरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।
कम्पनीले १३ पुसमा बुकक्लोज गर्दै छ । यसर्थ, साेमबारसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले बैंकको सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।
कम्पनीले लाभांश पारित गर्न २८ पुसमा १५औं वार्षिक साधारणसभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा अपरान्ह ३ बजे र्भच्युअल माध्यमबाट सुरु हुनेछ ।
सभामा कम्पनीले सााधारणबाट गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित सात प्रतिशत बोनस सेयर र शून्य दशमलव ३६ प्रतिशत नगद लाभांश पारित हुनेछ । प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने लगायतका प्रस्ताव पारित हुनेछ।
FACEBOOK COMMENTS